नियम १९
पेश्की रकम दिन सक्ने

(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सचिवालयल आयोजना कार्यान्वयन गर्ने निकायलाई आयोजना सञ्चालन गर्न बढीमा दुई चौमासिक बराबरको रकम पेश्की दिन सक्नेछ ।
(२) आयोजना कार्यान्वयन निकायले आयोजनाको कार्यान्वयन सम्बन्धी प्रतिवेदन र पेश्की रकमको कम्तीमा असी प्रतिशत खर्च गरेको प्रमाण पेश गरेमा मात्र सचिवालयले आयोजना कार्यान्वयन निकायलाई बाँकी रकम भुक्तानी गर्नेछ ।
(३) आयोजना कार्यान्वयन निकायले आयोजनाको लागि भएको चौमासिक खर्चको विवरण र आयोजनाको मासिक प्रतिवेदन सचिवालयमा बुझाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम विवरण तथा प्रतिवेदन प्राप्त भएपछि सचिवालयले आयोजना कार्यान्वयन निकायको पेश्की फस्र्यौट गर्नेछ ।
(५) उपनियम (४) बमोजिम पेश्की फस्र्यौट नभएसम्म आयोजना कार्यान्वयन निकायलाई बाँकी रकम भुक्तानी दिइने छैन ।